Friday 8 November 2019

‘नैतिक शिक्षाबाट व्यवहारमा निखार’

‘नैतिक शिक्षाबाट व्यवहारमा निखार’

रत्ननगर । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, माउण्ट आबू, राजस्थानबाट आएका राजयोगी भगवान भाइले नैतिक शिक्षाद्वारा अपराधमुक्त समाजको निर्माण गर्न सकिने बताएका छन् ।
शुक्रबार रत्ननगरमा स्काइराइडर उमाविका छात्रछात्रसँग नैतिक शिक्षाद्वारा व्यवहार र संस्कारमा निखार आउने उनले बताए । पाँच हजारभन्दा विद्यालय र आठ सयभन्दा बढी कारागारमा नैतिक शिक्षाको पाठ पढाएर आफ्नो नाम इन्डिया बुक अफ रेकर्डमा दर्ता गराएका भगवान भाइले दुव्र्यसन, सामाजिक सञ्जाल, चलचित्र र फेसनका कारण आजका युवापिंढी भड्किरहेकोले आध्यात्मिकताद्वारा नै उनीहरुले सही दिशा पाउने बताएका छन् ।
‘शिक्षाको मूल उद्देश्य नै चरित्रवान् बन्न, अन्धकारदेखि प्रकाशतर्फ जान, अमर बन्न, नराम्रा बानीहरुदेखि मुक्त हुन र असत्यबाट सत्यतर्फ जानु हो’, राजयोगी भगवान भाइले भने, ‘भावी समाजलाई अपराधमुक्त बनाउन आजका छात्रछात्रालाई संस्कारी बनाउन आवश्यक छ ।’
स्थानीय ब्रह्माकुमारी सेवा केन्द्रकी सञ्चालिक बीके शर्मिला बहिनीले आध्यात्मिक ज्ञान एवम् राजयोगको अभ्यास गर्न अनुरोध गरिन् ।

No comments:

Post a Comment