Wednesday 26 July 2017

नेपाली न्यूज़ बी के भगवान् भाई

 0ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको अन्तर्राष्ट्रिय मुख्यालय माउण्ट आबुका राजयोगी ब्रह्माकुमार भगवान भाइले परीक्षामा राम्रो अंक प्राप्त गर्नका लागि विद्यार्थीहरुको मनमा शान्ति र एकाग्रताको खाँचो पर्ने बताएका छन् । वेलनन एकेडेमी स्कूल, गलेश्वरमार्ग, पोखरा–१५ र सेन्ट मेरीज स्कूल नयाँगाउँमा अर्धवार्षिक परीक्षामा सफलताको लागि छात्र छात्रालाई प्रोत्साहित गर्दै उनले विचलित मन र तनावयुक्त स्थितिमा रहेर परीक्षामा सहभागी हुँदा जानेका कुराहरुलाई पनि स्मरण गर्न र सही तरिकाले लिपिबद्ध गर्न गाह्रो पर्ने बताए । 
भगवान भाइले विद्यार्थी जीवनमा सफलता हासिल गर्न र उत्तीर्ण हुन जहिले पनि शान्त र एकाग्र मन हुनु जरुरी रहेको बताउँदै जुन विद्यार्थीले वर्तमान विद्यार्थी जीवनमा सहज सफलता हासिल गर्छन् उनीहरुको भविष्य पनि उज्जवल र सफल हुने स्पष्ट पारे । एकाग्रता र शान्तिको शक्तिद्वारा पढेका कुराहरुलाई सहज स्मरण गर्न सक्ने बताउँदै उनले यि दुइवटा गुण विद्यार्थी जीवनको जग भएको जानकारी गराए । ‘मानव जीवन पनि परीक्षा तूल्य हो जसको शुरुवात विद्यार्थी जीवनबाट हुन्छ । शान्ति, एकाग्रता र धैर्यताद्वारा जीवनमा आउन सक्ने हरेक समस्यालाई सामना गर्न सकिन्छ । जुन विद्यार्थीले परीक्षामा अरुको नक्कल गर्छन उनीहरुले भविष्यमा पनि अरुको नक्कल गरेर बाँच्नु पर्ने हुन्छ । उनीहरु आत्मविश्वासी बन्न सक्दैनन् ।’ उनले भने–‘जुन विद्यार्थी परीक्षाकालमा तनावमा रहन्छन् उनीहरुको भविष्य जीवनपनि तनावमा नै बित्ने अधिकतम सम्भावना रहन्छ ।’ 
विद्यार्थीकालको मेहनतले हाम्रो जीवनमा रंग ल्याउँछ । खेल्ने दौडिनेमात्र ग¥यो भने खराब र पढ्ने लेख्ने ग¥यो भने नबाब बन्ने भन्दै उनले कुसंग, सिनेमा, व्यसनबाट सदैव आफूूलाई टाढा राखी जीवनमा नैतिक शिक्षालाई अपनाएमा मनोबल बढ्ने र व्यक्तिको व्यवहारमा निखारता आउने बताए ।
वेलनन एकेडेमी स्कुलमा निर्देशक ललित कुँवर र सेन्ट मेरीज स्कूलमा प्रधानाध्यापक सिस्टर भिनाले स्कूलमा आएर बिद्यार्थीको मनोबल बढाउने उत्कृष्ट प्रशिक्षण प्रदान गरेकोमा प्रशिक्षक भगवान भाइलाई स्वागत तथा आभार प्रकट गरेका थिए ।समाचार
 New   0  0 Google +0  0
विचारलाई सकारात्मक बनाऔं ः भगवान भाइ
गते ००:०० मा प्रकाशितविचारलाई सकारात्मक बनाऔं ः भगवान भाइवरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार भगवान भाईले भने– ‘कुनै पनि समस्याको कारण खोज्नुको सट्टा त्यसको निवारण गरौं । समस्याको बारेमा चिन्तन गर्नाले तनाबको उत्पत्ति हुन्छ । यदी जोगी बन्नु छ, सधै हल्का रहनु छ भने हर प्रकारको व्यर्थ चिन्तनबाट मुक्त रहनु पर्ने हुन्छ, जसमा ईच्छा, तृष्णा, संकल्प विकल्पहरु कम चल्दछन् ऊ नैं सच्चा योगी हो । जीवनमा आईपर्ने हरेक घटना वा परिस्थितिमा हाम्रो कल्याण नैं लुकेको हुन्छ । त्यसैले हर समस्यको समाधानको लागि धैर्यताको खाँचो हुन्छ । गुणवान र शक्तिशाली बन्नका लागि व्यर्थबाट मुक्त बन्नुपर्छ । जीवनमा आउने विभिन्न समस्या र विघ्नहरुले नैं वास्तवमा जीवनलाई महान बनाउने उर्जा प्रदान गर्छन । त्यसैले जस्तोसुकै विषम परिस्थितिमा पनि व्यर्थ र नकारात्मकबाट मुक्त रहनु नैं आध्यात्मिक यात्रामा तीब्र पुरुषार्थी बन्नु हो ।’
उनले भने– ‘हामी समाजका लागि प्रेरणाका स्रोत हौं, अरुलाई अनुशासन सिकाउनेवाला हौं त्यसैले हामी स्वयं अनुशासित हुनु जरुरी छ । हामीले भनेको कुरा समाजले तबमात्र स्वीकार गर्न सक्छ जब हामी स्वयंले त्यसलाई व्यवहारिक जीवनमा अनुसरण गरेका हुन्छौं । स्वयंलाई अनुशासनमा राख्नका लागि जीवनमा नैतिक मुल्यलाई अपनाउनु जरुरी हुन्छ । आज समाजमा विकृतिको बिगबिगीको कारण मुल्यको कमि हो । एकसमय थियो जबकि यो संसार एवं समाज मुल्यनिष्ठ थियो । नत कुनै अनैतिक क्रियाकलाप या लडाईं झगडा हुन्थे र नत कुनै प्रशासनको खाँचो थियो । नत कुनै अदालत थिए, नत कारागार नैं । वर्तमान समाजमा दिनप्रतिदिन समस्याहरु बढ्दै जानुका कारण मानिसको व्यवहारिक जीवनमा आएको मुल्यको कमि नै हो । अब समाजमा परिवर्तन ल्याउने नैं हो भने स्वयंलाई गुणवान बनाउन अति जरुरी छ । यो नै स्वयंको, समाजको र देशको सबैभन्दा ठुलो सेवा हो ।’
उनले अगाडि भने– ‘आध्यात्मिक ज्ञान अर्थात ईश्वरीय महावाक्य नै सकारात्मक सोचको सर्वोकृष्ट स्रोत हो । जबसम्म हामी आफ्नो जीवनमा आध्यात्मिकलाई महत्व दिदैनौं तबसम्म हाम्रो सकारात्मक दृष्टिकोण बन्न सक्दैन । आध्यात्मिकताले मनमा शान्ति, एकाग्रता, अन्तरमुखता, सहनशिलता आदी सदगुण आउँछन् । वास्तवमा सदगुण नै हाम्रो यर्थाथ सम्पति हो ।’
कार्यक्रमको शुरुवात ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र की मुख्य संचालिका ब्र.कु. यमुना बहनजीले भगवानलाई तिलक लगाई दिइर गरेकी थिईन  भने अरुण भाईले नेपाली टोपी लगाईदिएर सम्मान गरेका थिए । बिराटनगरबाट आएका ब्र.कु. डा.अजय भाइले भगवना भाईको संक्षिप्त परिचय दिएका थिए । कार्यक्रममा इलाम, फिदिम, ताप्लेजुङ्ग लगायतका सहभागिता रहेको थियो ।
 0कारागार वास्तवमा कारागार नभइकन सुधार गृह हो यसमा बन्दीहरुले आफू स्वयंलाई सुधार  गर्नका लागि महत्वपूर्ण अवसर मिल्छ । आफू कारागारमा पर्नुमा पनि कुनै कल्याण निहीत छ भन्ने ठानेमा कारागारवासको समयलाई सदुपयोग गर्दै बन्दीले आफूमा महान परिवर्तन ल्याई महान् बन्न सक्छ । डाँकु वाल्यले कर्मको भागीदारितालाई महसुस गर्दा वाल्मिकी ऋृषि बन्न पुगेझैं आफ्नो गल्तिलाई महसुस गर्दै सुधारोन्मुख हुन सकेमा हरेक बन्दीले पनि आफ्नो भावी जीवनलाई महान् बनाउन सक्छन् । उक्त भनाई कास्की जिल्ला कारागारका बन्दीहरुलाई सम्बोधन गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय माउण्ट आबूबाट आएका राजयोगी ब्रह्माकुमार भगवान भाइले भनेका हुन् ।
बन्दीहरुलाई कर्मको गहन गति र एक एक सद्गुणको महत्व दर्शाउँदै उनले कारागारमा एकान्त स्थानमा बसेर स्वयंलाई परिवर्तन गर्ने तरिका सोचौं कि म यस संसारमा किन आएको हूँ ? मेरो जीवनको उद्देश्य के हो ? म यहाँ आएर के गरिरहेको छु ? यस्ता ज्ञानका कुराहरु चिन्तन गर्दा नै संस्कार परिवर्तन हुन्छ । कारागार नै जीवनमा परिवर्तन ल्याउने एक तपस्याको थलो हो । जहाँ एकान्तमा बसेर स्वचिन्तन, आत्मचिन्तन वा परमात्मा चिन्तन गर्न सकिन्छ । बितेको घटना वा समस्यालाई चिन्तन गर्दा मानव दुःखी र अशान्त हुन्छ त्यसैले बितेको घटनालाई भुल्नु र त्यसबाट अगाडिको लागि पाठ सिक्नु नै समझदारी हुन्छ भने । 
उनले यस्तो कर्म न गरौं जहाँ हामीलाई धर्मराजपुरीमा शिर झुकाउन परोस् । हाम्रो दृष्टि, वृत्ति अवगुण र खराब बानीको वश छ त्यसलाई टाढा भगाउनु छ । लड्नु, झगडा गर्नु, चोरी गर्नु, लोभ गर्नु यी सबै हामी मानवका दुश्मन हुन् । खराब बानीलाई टाढा गर्नु नै आदर्श मनुष्यको पहिचान हो । यिनै अवगुण र खराबीले नै हामीलाई कंगाल बनाएको छ । आज हाम्रो व्यवहारमा आसुरीपन आउनुको मुल कारण हो कि हाम्रो अशुद्ध आहार, व्यवहार र नराम्रो संगत । अहिले परमात्माले हामीलाई सबै नराम्रा बानीबाट मुक्त गरी स्वयंलाई परिवर्तन गर्ने हो भने । भगवान भाइले कर्मको गुह्य गतिको रहस्य प्रष्ट्याउँदै परमात्माले हामीलाई दिएका कर्मेन्द्रियहरुको दुरुपयोग गर्न नहुने बताए । हामी लोभ लालचमा आएर त्यसको दुरुपयोग गर्दछौं भने यसको सजायँ दुःख अशान्तिको रुपमा हामीले भोग्नु नै पर्दछ । स्वयंमा परिवर्तन ल्याउने आधार भनेको नै सत्सङ्ग र प्रभु चिन्तन हो जसबाट हामीमा मनोबल, आत्मबल बढ्दछ । भनिन्छ मानिसको जीवन अनमोल छ यसलाई यसै व्यर्थ कर्म गरेर गुमाउनु हुँदैन । 
वास्तवमा मानिसलाई  गल्तीले नै सही रुपमा मानव बनाउन सक्दछ । केबल हामीले त्यस गल्तीलाई महसुस गरेर परिवर्तन गर्नुपर्दछ । हामीले अरुलाई बदला लिने होइन बल्कि स्वयं बदलिएर देखाउनुपर्नेमा उनले जोड दिए । जीवनको हरेक घटनामा केही न केही कल्याण लुकेको हुन्छ त्यसैले त्यस घटनालाई चिन्तन गर्नुको सट्टा प्रभु चिन्तन, आत्मचिन्तन गर्नुपर्नेमा भगवान भाइले जोड दिए । करिब ४०० जना बन्दीको उपस्थिति रहेको उक्त कार्यक्रममा केही क्षण भएपनि कार्यक्रमबाट शान्तिको अनुभूति गर्न पाएको अनुभव बन्दीहरुद्वारा व्यक्त गरिएको थियो भने पुनः पुनः त्यस्ता कार्यक्रमहरु आयोजन गर्न बन्दीहरुले गरेका थिए । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय नेपालका महासचिव राजयोगी ब्रह्माकुमार शैलेष राज बराल र पार्दी शाखाकी संचालिका ब्रह्माकुमारी अप्सरा सुवेदी समेतको उपस्थिति रहेको सो कार्यक्रमको संचालन ब्रह्माकुमार शिशिर रेग्मीले गरेका थिए भने कास्की जिल्ला कारागार प्रमुख रमेश कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।‘आधुनिक जीवनशैलीले तनाव पैदा गरिरहन्छ’
‘आधुनिक जीवनशैलीले तनाव पैदा गरिरहन्छ’
11:21:00 AM 0 पोखरा सेरोफेरो
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय माउण्ट आबूका राजयोगी ब्रह्माकुमार भगवान भाइले आधुनिक जीवनशैलीले तनाव पैदा गरिरहेको छ । तनावको सीधा सम्बन्ध बिमारीसँग हुन्छ । राजयोग मेडिटेशनको अभ्यासद्वारा हामीले आफ्नो मनोबललाई मजबूत गरी तनावबाट मुक्त रहन सक्ने बताएका छन् । तनाबबाट बच्नको लागि आफ्नो जीवनशैलीलाई परिवर्तन गर्न आवश्यक छ । तनावको कारण हरेक व्यक्तिको फरक फरक छ । तनावको मुख्य कारण नै मनमा आउने नकारात्मक विचार हो । नकारात्मक विचारबाट आपसी व्यवहारमा कटूता आउँदछ, घृणा, नफरत, वैर, विरोध, क्रोध आदि उत्पन्न हुन्छ । नकारात्मक विचारबाट दृष्टि वा दृष्टिकोण र व्यवहार पनि नकारात्मक बन्दछ जसबाट मनमा तनाव पैदा हुन्छ । तनावको कारण नै मानसिक र शारीरिक अनेक बिमारीहरु हुने संभावना धेरै हुने समेत भगवान भाईले बताए । उनले राजयोगको अभ्यासद्वारा नै मनोबललाई मजबूत गरी तनावबाट मुक्ति पाउन सकिन्छ । राजयोग नै संजीवनी बूटी हो जसको अभ्यास गर्दा आन्तरिक शक्ति जागृत हुन्छ । राजयोगको अभ्यासबाट नै अतिन्द्रिय सुख, सांसारिक वस्तु, वैभवको सुख खल्लो लाग्न थाल्दछ । यसको अभ्यासले मन भट्किन बन्द हुन्छ, मनमा स्थायी एकाग्रता आउँदछ जसबाट मनमा सकारात्मक विचार चल्न सुरु हुन्छ । राजयोगको अनुभूतिको लागि सात्विक भोजन, राम्रो संगत र सकारात्मक चिन्तन गर्न आवश्यक रहेको कुरामा समेत जोड दिए । रामबजा
 जीवनको अमूलय निधि भगवान् भाई

Inbox
x

 इलाम, २२ भदौ । जस्तो सुकै नकरात्मक परिस्थितीमा पनि त्यसको सकरात्म्क पक्षलाई हेरेर अकल्याणलाई पनि कल्याणमा परिणत गर्नु नैं जीवनमा निर्विघ्न बन्ने सहज उपाय हो । यदी हाम्रो मनमा नकारात्मक विचारहरु चल्दछन् भने अवय जीवनमा कुनै न कुनै समस्या र विघ्नहरुको उत्पत्ति भईरहन्छ । नकारात्मक चिन्तन गर्नाले वायुमण्डल पनि दुषित भइरहेको हुन्छ । उक्त उद्गार प्रजापिता ब्रह्माकुमारी ईश्वरी विश्व विद्यालयको अन्तराष्ट्रिय मुख्यालय माउण्ट आबूबाट आउनु भएका राजयोगी ब्रह्माकुमार भगवान भाईले व्यक्त गरे । उनले बिहीबार ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय शाखाद्धारा आयोजित सकारात्मक विचारहरुबाट तनाबमुक्त जीवन विषयमा बोल्दै गुणवान र शक्तिशाली बन्नका लागि हरेका व्यक्ति व्यर्थ र नकारात्मकताबाट बच्नु पर्ने कुरा औंल्याउँदै विचारलाई सकारात्मक बनाउन सके मानव जीवनमा उच्च सफलता हासिल गर्न सक्ने बताए ।

B.K. Bhagwan bhagwank501@gmail.com

Jun 24


to Nimbahadurtulsipur.npMadhabBkme

   
Translate message
Turn off for: Hindi


हरिशंकर शर्मा वीरगंज १२ असोज,,

नैतिक मूल्य जीवनको अमूलय निधि भगवान् भाई


आदर्श समाजमा नैतिक, सामाजिक र आध्यात्मिक मूल्य प्रचलित भएको हुन्छ जसबाट असल जीवन जीउनको निम्ति मार्गदर्शन पाईन्छ ।

नैतिक मूल्यहरुको धारणाद्वारा नै मानव मनका आन्तरिक शक्तिहरुको विकास हुन्छ ।
 यो उद्गार प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, माउण्ट आबु, राजस्थान (भारत) बाट पाल्नुभएका ब्रह्माकुमार भगवान् भाईले व्यक्त गर्दै आज विद्यार्थी तथा शिक्षकहरुलाई जीवनमा नैतिक शिक्षामाथि प्रकाश पारिरहेका थिए । गौतम माध्यमिक विद्यालयका छात्र तथा छात्रहरुलाई ब्रह्माकुमारी राजयोग सेवा केन्द«, छपकैया, वीरगंजको सभाहलमा प्रशिक्षण दिइएको थियो ।

राजयोग प्रशिक्षक भगवान् भाईले भने, मूल्य जीवनको सुन्दरता, श्रृङ्गार एवं वरदान हो । मूल्य नै मानव जीवनको चरित्रको धोतक हो नैतिक मूल्यको आधार नै हामीले आफ्नो कामजोरीमाथि सफलतापूर्वक सामना गरेर नकारात्मक विचार वाणीमाथि विजय पाउन सक्छौं । तिनले यो पनि भने, मूल्य नै जीवनको निधि हो जसद्वारा हामी सम्पन्न बन्न सक्छौ । जीवनमा खुशी प्रदान गर्ने हाम्रो साँचो मित्र नै मूल्य हो ।



तिनले भने, मूल्यले हामीलाई स्वाबलम्बी एवं निर्बन्धन बनाएर बाहिरी समस्याहरुबाट हामीलाई रक्षा गर्दछ । मूल्य नै मानव जीवनको गरिमा हो जसको धारणाले साँचो सुख, शान्ति, सम्मान प्राप्त हुँदैछ । नैतिक मूल्यको महत्व बताउँदै सामाजिक समस्या, विध्न, अशान्ति आदिलाई सामना गर्नको लागि मूल्यहरुको आवश्यकता पर्दछ । भगवान् भाइजीले भन्नुभयो कि व्यक्तिले यदि चरित्रको उत्थान गर्न चाहन्छन् भने आन्तरिक शक्तिद्वारा आत्मबल, मनोबलको लागि नैतिक मूल्यको आवश्यकता पर्दछ ।

भगवान् भाइजीले नैतिक शिक्षाको महत्व बताउँदै भन्नुभयो, सहनशीलता, नम्रता, धैर्यता, शीतलता, शान्ति, भ्रातृत्व, स्नेह आदि जस्ता सद्गुणहरुद्वारा नै व्यक्तित्वको विकास हुँदैछ । तिनले यो पनि बताए कि नैतिक मूल्यहरुको धारणाले जीवनमा आइपर्ने विभिन्न परीक्षाहरुमा हामी सफल बन्न सक्छौ ।
गौतम मा.वि., वीरगंजका उप–प्रधानाचायले उद्बोधनमा मूल्यहरुको आधारद्वारा नै संसार तथा समाज चल्ने र यदि मानव मूल्यमा कमी रहे सम्पूर्ण संसारमा विपत्ति आउने बताए। उहाँले मूल्य जागृति कार्यक्रमको प्रशंसा गरे । स्थानिय ब्रह्माकुमारी सेवा केन्द«की सञ्चालिका ब्रह्माकुमारी बेली दिदीले आफ्नो उद्बोधनमा भनिन् अवगुण हाम्रो शत्रु हो । अनैतिकता, चोरी, असत्य, व्यसन, नशा तथा क्रोध देखि टाडा रहने सुझाव दिइन् । उनले ईश्वरीय ज्ञान र राजयोगको अभ्यास गरेर पारम्परिक संस्कृतिक अपनाउने सुझाव दिइन् । यसै गरी वीरगंज कारागार का कैदीहरुका बीचमा पनि मानव जीवनमा मूल्यको महत्व बारे प्रशिक्षण दिईएको थियो भने नरसिंह क्याम्पसमा पनि क्याम्पस प्र्रमुख मुना राणा तथा अन्य विशिष्ठ पदाधिकारी लगायत क्याम्पसका सबै स्टाफ, नर्स एवं प्राध्यापक आध्यात्मिक ज्ञानको माध्यम बाट मानवीय मूल्यहरुको विकास गर्दै सबैका लागि प्रेरणादायी र आदर्श जीवन जीउने कलाको विषयमा प्रशिक्षण दिइएको छ ।

बन्दीलाई सुधार गर्ने केन्द्र ‘करागार’–भगवान भाइ

बन्दीलाई सुधार गर्ने केन्द्र ‘करागार’–भगवान भाइ
सल्यान (नेपाल )--१३ आसार २०७४
कारागार वास्तवमा कारागार नभइकन सुधार गृह हो यसमा बन्दीहरुले आफू स्वयंलाई सुधार गर्नका लागि महत्वपूर्ण अवसर मिल्छ । आफू कारागारमा पर्नुमा पनि कुनै कल्याण निहीत छ भन्ने ठानेमा कारागारवासको समयलाई सदुपयोग गर्दै बन्दीले आफूमा महान परिवर्तन ल्याई महान् बन्न सक्छ । डाँकु वाल्यले कर्मको भागीदारितालाई महसुस गर्दा वाल्मिकी ऋृषि बन्न पुगेझैं आफ्नो गल्तिलाई महसुस गर्दै सुधारोन्मुख हुन सकेमा हरेक बन्दीले पनि आफ्नो भावी जीवनलाई महान् बनाउन सक्छन् । उक्त भनाई कास्की जिल्ला कारागारका बन्दीहरुलाई सम्बोधन गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय माउण्ट आबूबाट आएका राजयोगी ब्रह्माकुमार भगवान भाइले भनेका हुन् ।
बन्दीहरुलाई कर्मको गहन गति र एक एक सद्गुणको महत्व दर्शाउँदै उनले कारागारमा एकान्त स्थानमा बसेर स्वयंलाई परिवर्तन गर्ने तरिका सोचौं कि म यस संसारमा किन आएको हूँ ? मेरो जीवनको उद्देश्य के हो ? म यहाँ आएर के गरिरहेको छु ? यस्ता ज्ञानका कुराहरु चिन्तन गर्दा नै संस्कार परिवर्तन हुन्छ । कारागार नै जीवनमा परिवर्तन ल्याउने एक तपस्याको थलो हो । जहाँ एकान्तमा बसेर स्वचिन्तन, आत्मचिन्तन वा परमात्मा चिन्तन गर्न सकिन्छ । बितेको घटना वा समस्यालाई चिन्तन गर्दा मानव दुःखी र अशान्त हुन्छ त्यसैले बितेको घटनालाई भुल्नु र त्यसबाट अगाडिको लागि पाठ सिक्नु नै समझदारी हुन्छ भने ।
उनले यस्तो कर्म न गरौं जहाँ हामीलाई धर्मराजपुरीमा शिर झुकाउन परोस् । हाम्रो दृष्टि, वृत्ति अवगुण र खराब बानीको वश छ त्यसलाई टाढा भगाउनु छ । लड्नु, झगडा गर्नु, चोरी गर्नु, लोभ गर्नु यी सबै हामी मानवका दुश्मन हुन् । खराब बानीलाई टाढा गर्नु नै आदर्श मनुष्यको पहिचान हो । यिनै अवगुण र खराबीले नै हामीलाई कंगाल बनाएको छ । आज हाम्रो व्यवहारमा आसुरीपन आउनुको मुल कारण हो कि हाम्रो अशुद्ध आहार, व्यवहार र नराम्रो संगत । अहिले परमात्माले हामीलाई सबै नराम्रा बानीबाट मुक्त गरी स्वयंलाई परिवर्तन गर्ने हो भने । भगवान भाइले कर्मको गुह्य गतिको रहस्य प्रष्ट्याउँदै परमात्माले हामीलाई दिएका कर्मेन्द्रियहरुको दुरुपयोग गर्न नहुने बताए । हामी लोभ लालचमा आएर त्यसको दुरुपयोग गर्दछौं भने यसको सजायँ दुःख अशान्तिको रुपमा हामीले भोग्नु नै पर्दछ । स्वयंमा परिवर्तन ल्याउने आधार भनेको नै सत्सङ्ग र प्रभु चिन्तन हो जसबाट हामीमा मनोबल, आत्मबल बढ्दछ । बी के अंजना संचालिका सेवाकेंद्र सल्यान बोली भनिन्छ मानिसको जीवन अनमोल छ यसलाई यसै व्यर्थ कर्म गरेर गुमाउनु हुँदैन । वास्तवमा मानिसलाई गल्तीले नै सही रुपमा मानव बनाउन सक्दछ । केबल हामीले त्यस गल्तीलाई महसुस गरेर परिवर्तन गर्नुपर्दछ । हामीले अरुलाई बदला लिने होइन बल्कि स्वयं बदलिएर देखाउनुपर्नेमा उनले जोड दिए । जीवनको हरेक घटनामा केही न केही कल्याण लुकेको हुन्छ त्यसैले त्यस घटनालाई चिन्तन गर्नुको सट्टा प्रभु चिन्तन, आत्मचिन्तन गर्नुपर्नेमा भगवान भाइले जोड दिए । करिब1०० जना बन्दीको उपस्थिति रहेको उक्त कार्यक्रममा केही क्षण भएपनि कार्यक्रमबाट शान्तिको अनुभूति गर्न पाएको अनुभव बन्दीहरुद्वारा व्यक्त गरिएको थियो भने पुनः पुनः त्यस्ता कार्यक्रमहरु आयोजन गर्न बन्दीहरुले गरेका थिए ।

विचारलाई सकारात्मक बनाऔं ः भगवान भाइ

विचारलाई सकारात्मक बनाऔं ः भगवान भाइ
गते ००:०० मा प्रकाशित
 इलाम, २२ भदौ । जस्तो सुकै नकरात्मक परिस्थितीमा पनि त्यसको सकरात्म्क पक्षलाई हेरेर अकल्याणलाई पनि कल्याणमा परिणत गर्नु नैं जीवनमा निर्विघ्न बन्ने सहज उपाय हो । यदी हाम्रो मनमा नकारात्मक विचारहरु चल्दछन् भने अवय जीवनमा कुनै न कुनै समस्या र विघ्नहरुको उत्पत्ति भईरहन्छ । नकारात्मक चिन्तन गर्नाले वायुमण्डल पनि दुषित भइरहेको हुन्छ । उक्त उद्गार प्रजापिता ब्रह्माकुमारी ईश्वरी विश्व विद्यालयको अन्तराष्ट्रिय मुख्यालय माउण्ट आबूबाट आउनु भएका राजयोगी ब्रह्माकुमार भगवान भाईले व्यक्त गरे । उनले बिहीबार ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय शाखाद्धारा आयोजित सकारात्मक विचारहरुबाट तनाबमुक्त जीवन विषयमा बोल्दै गुणवान र शक्तिशाली बन्नका लागि हरेका व्यक्ति व्यर्थ र नकारात्मकताबाट बच्नु पर्ने कुरा औंल्याउँदै विचारलाई सकारात्मक बनाउन सके मानव जीवनमा उच्च सफलता हासिल गर्न सक्ने बताएवरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार भगवान भाईले भने– ‘कुनै पनि समस्याको कारण खोज्नुको सट्टा त्यसको निवारण गरौं । समस्याको बारेमा चिन्तन गर्नाले तनाबको उत्पत्ति हुन्छ । यदी जोगी बन्नु छ, सधै हल्का रहनु छ भने हर प्रकारको व्यर्थ चिन्तनबाट मुक्त रहनु पर्ने हुन्छ, जसमा ईच्छा, तृष्णा, संकल्प विकल्पहरु कम चल्दछन् ऊ नैं सच्चा योगी हो । जीवनमा आईपर्ने हरेक घटना वा परिस्थितिमा हाम्रो कल्याण नैं लुकेको हुन्छ । त्यसैले हर समस्यको समाधानको लागि धैर्यताको खाँचो हुन्छ । गुणवान र शक्तिशाली बन्नका लागि व्यर्थबाट मुक्त बन्नुपर्छ । जीवनमा आउने विभिन्न समस्या र विघ्नहरुले नैं वास्तवमा जीवनलाई महान बनाउने उर्जा प्रदान गर्छन । त्यसैले जस्तोसुकै विषम परिस्थितिमा पनि व्यर्थ र नकारात्मकबाट मुक्त रहनु नैं आध्यात्मिक यात्रामा तीब्र पुरुषार्थी बन्नु हो ।’
उनले भने– ‘हामी समाजका लागि प्रेरणाका स्रोत हौं, अरुलाई अनुशासन सिकाउनेवाला हौं त्यसैले हामी स्वयं अनुशासित हुनु जरुरी छ । हामीले भनेको कुरा समाजले तबमात्र स्वीकार गर्न सक्छ जब हामी स्वयंले त्यसलाई व्यवहारिक जीवनमा अनुसरण गरेका हुन्छौं । स्वयंलाई अनुशासनमा राख्नका लागि जीवनमा नैतिक मुल्यलाई अपनाउनु जरुरी हुन्छ । आज समाजमा विकृतिको बिगबिगीको कारण मुल्यको कमि हो । एकसमय थियो जबकि यो संसार एवं समाज मुल्यनिष्ठ थियो । नत कुनै अनैतिक क्रियाकलाप या लडाईं झगडा हुन्थे र नत कुनै प्रशासनको खाँचो थियो । नत कुनै अदालत थिए, नत कारागार नैं । वर्तमान समाजमा दिनप्रतिदिन समस्याहरु बढ्दै जानुका कारण मानिसको व्यवहारिक जीवनमा आएको मुल्यको कमि नै हो । अब समाजमा परिवर्तन ल्याउने नैं हो भने स्वयंलाई गुणवान बनाउन अति जरुरी छ । यो नै स्वयंको, समाजको र देशको सबैभन्दा ठुलो सेवा हो ।’
उनले अगाडि भने– ‘आध्यात्मिक ज्ञान अर्थात ईश्वरीय महावाक्य नै सकारात्मक सोचको सर्वोकृष्ट स्रोत हो । जबसम्म हामी आफ्नो जीवनमा आध्यात्मिकलाई महत्व दिदैनौं तबसम्म हाम्रो सकारात्मक दृष्टिकोण बन्न सक्दैन । आध्यात्मिकताले मनमा शान्ति, एकाग्रता, अन्तरमुखता, सहनशिलता आदी सदगुण आउँछन् । वास्तवमा सदगुण नै हाम्रो यर्थाथ सम्पति हो ।’
कार्यक्रमको शुरुवात ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र की मुख्य संचालिका ब्र.कु. यमुना बहनजीले भगवानलाई तिलक लगाई दिइर गरेकी थिईन  भने अरुण भाईले नेपाली टोपी लगाईदिएर सम्मान गरेका थिए । बिराटनगरबाट आएका ब्र.कु. डा.अजय भाइले भगवना भाईको संक्षिप्त परिचय दिएका थिए । कार्यक्रममा इलाम, फिदिम, ताप्लेजुङ्ग लगायतका सहभागिता रहेको थियो ।
विचारलाई सकारात्मक बनाऔं ः भगवान भाइ