Friday 8 November 2019

राजयोगबाट मनोबल बढ्छ : ब्रह्माकुमार भगवान भाइ

लहान २९ भदौ । आधुनिक जीवनशैलीले तनाव पैदा गरिरहेको छ । तनावको सीधा सम्बन्ध विरामीसंग हुन्छ । राजयोग मेडिटेशनको अभ्यासद्धारा हामीले आफ्नो मनोबललाई मजबुत गरी तनावबाट मुक्त रहन सक्दछौ । उक्त भनाई ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय माउण्ट आबूबाट आउनुभएका राजयोगी ब्रह्माकुमार भगवान भाइले ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय शाखामा राजयोगी साधकहरुकाबीच बताउंनुभयो ।
तनावबाट बच्नको लागि आफ्नो जीवनशैलीलाई परिवर्तन गर्न आवश्यक छ । तनावको कारण हरेक व्यक्तिको फरक फरक छ । तनावको मुख्य कारण नै मनमा आउंने नकारात्मक विचार हो । नकारात्मक विचारबाट आपसी व्यवहारमा कटुता आउंदछ घृणा, नफरत, वैर, विरोध, क्रोध आदि उत्पन्न हुन्छ । नकारात्मक विचारबाट दृष्टि वा दृष्टिकोण र व्यवहार पनि नकारात्मक बन्दछ जसबाट मनमा तनाव पैदा हुन्छ । तनावको कारण नै मानसिक र शारिरीक अनेक विरामीहरु हुने संभावना धेरै हुन्छ ।
भगवान भाइले बताउंनुभयो कि राजयोगको अभ्यासद्धारा नै मनोबललाई मजबुत गरी तनावबाट मुक्ति पाउन सकिन्छ । राजयोग नै संजिविनी बूटी हो जसको अभ्यास गर्दा आन्तरिक शक्ति जागृत हुन्छ । राजयोगको अभ्यासबाट नै अतिन्द्रिय सुख, सांसारिक वस्तु, वैभवको सुख खल्लो लाग्न थाल्दछ । यसको अभ्यासले मन भट्किन बन्द हुन्छ , मनमा स्थायी एकाग्रता आउंदछ जसबाट मनमा सकारात्मक विचार चल्न सुरु हुन्छ । राजयोगको अनुभूतिको लागि सात्विक भोजन, राम्रो संगत र सकारात्मक चिन्तन गर्न आवश्यक छ ।
ब्रह्माकुमारी शाखाकी संचालिका ब्रह्माकुमारी श्रीजना दिदीले शुभकामना दिनुभयोको थियो । राजयोगी ब्रह्माकुमार भगवान भाइ माउण्ट आबूबाट १५ दिनको लागि नेपाल आउंनुभएको छ । वहांले भारतका ५ हजार विद्यालय तथा ८ सय जेलमा यस्ता किसिमका कार्यक्रमहरु प्रस्तुत गरिसक्नुभएको छ । लहान आश्रममा जगदीश भाइले दुबोको मालाले सम्मान गर्नुको साथै ढाका टोपी लगाएर सम्मान्न गर्नु भएको विके अशोकले जानकारी दिनु भयो ।

No comments:

Post a Comment