Wednesday 26 July 2017

विचारलाई सकारात्मक बनाऔं ः भगवान भाइ

विचारलाई सकारात्मक बनाऔं ः भगवान भाइ
गते ००:०० मा प्रकाशित
 इलाम, २२ भदौ । जस्तो सुकै नकरात्मक परिस्थितीमा पनि त्यसको सकरात्म्क पक्षलाई हेरेर अकल्याणलाई पनि कल्याणमा परिणत गर्नु नैं जीवनमा निर्विघ्न बन्ने सहज उपाय हो । यदी हाम्रो मनमा नकारात्मक विचारहरु चल्दछन् भने अवय जीवनमा कुनै न कुनै समस्या र विघ्नहरुको उत्पत्ति भईरहन्छ । नकारात्मक चिन्तन गर्नाले वायुमण्डल पनि दुषित भइरहेको हुन्छ । उक्त उद्गार प्रजापिता ब्रह्माकुमारी ईश्वरी विश्व विद्यालयको अन्तराष्ट्रिय मुख्यालय माउण्ट आबूबाट आउनु भएका राजयोगी ब्रह्माकुमार भगवान भाईले व्यक्त गरे । उनले बिहीबार ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय शाखाद्धारा आयोजित सकारात्मक विचारहरुबाट तनाबमुक्त जीवन विषयमा बोल्दै गुणवान र शक्तिशाली बन्नका लागि हरेका व्यक्ति व्यर्थ र नकारात्मकताबाट बच्नु पर्ने कुरा औंल्याउँदै विचारलाई सकारात्मक बनाउन सके मानव जीवनमा उच्च सफलता हासिल गर्न सक्ने बताएवरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार भगवान भाईले भने– ‘कुनै पनि समस्याको कारण खोज्नुको सट्टा त्यसको निवारण गरौं । समस्याको बारेमा चिन्तन गर्नाले तनाबको उत्पत्ति हुन्छ । यदी जोगी बन्नु छ, सधै हल्का रहनु छ भने हर प्रकारको व्यर्थ चिन्तनबाट मुक्त रहनु पर्ने हुन्छ, जसमा ईच्छा, तृष्णा, संकल्प विकल्पहरु कम चल्दछन् ऊ नैं सच्चा योगी हो । जीवनमा आईपर्ने हरेक घटना वा परिस्थितिमा हाम्रो कल्याण नैं लुकेको हुन्छ । त्यसैले हर समस्यको समाधानको लागि धैर्यताको खाँचो हुन्छ । गुणवान र शक्तिशाली बन्नका लागि व्यर्थबाट मुक्त बन्नुपर्छ । जीवनमा आउने विभिन्न समस्या र विघ्नहरुले नैं वास्तवमा जीवनलाई महान बनाउने उर्जा प्रदान गर्छन । त्यसैले जस्तोसुकै विषम परिस्थितिमा पनि व्यर्थ र नकारात्मकबाट मुक्त रहनु नैं आध्यात्मिक यात्रामा तीब्र पुरुषार्थी बन्नु हो ।’
उनले भने– ‘हामी समाजका लागि प्रेरणाका स्रोत हौं, अरुलाई अनुशासन सिकाउनेवाला हौं त्यसैले हामी स्वयं अनुशासित हुनु जरुरी छ । हामीले भनेको कुरा समाजले तबमात्र स्वीकार गर्न सक्छ जब हामी स्वयंले त्यसलाई व्यवहारिक जीवनमा अनुसरण गरेका हुन्छौं । स्वयंलाई अनुशासनमा राख्नका लागि जीवनमा नैतिक मुल्यलाई अपनाउनु जरुरी हुन्छ । आज समाजमा विकृतिको बिगबिगीको कारण मुल्यको कमि हो । एकसमय थियो जबकि यो संसार एवं समाज मुल्यनिष्ठ थियो । नत कुनै अनैतिक क्रियाकलाप या लडाईं झगडा हुन्थे र नत कुनै प्रशासनको खाँचो थियो । नत कुनै अदालत थिए, नत कारागार नैं । वर्तमान समाजमा दिनप्रतिदिन समस्याहरु बढ्दै जानुका कारण मानिसको व्यवहारिक जीवनमा आएको मुल्यको कमि नै हो । अब समाजमा परिवर्तन ल्याउने नैं हो भने स्वयंलाई गुणवान बनाउन अति जरुरी छ । यो नै स्वयंको, समाजको र देशको सबैभन्दा ठुलो सेवा हो ।’
उनले अगाडि भने– ‘आध्यात्मिक ज्ञान अर्थात ईश्वरीय महावाक्य नै सकारात्मक सोचको सर्वोकृष्ट स्रोत हो । जबसम्म हामी आफ्नो जीवनमा आध्यात्मिकलाई महत्व दिदैनौं तबसम्म हाम्रो सकारात्मक दृष्टिकोण बन्न सक्दैन । आध्यात्मिकताले मनमा शान्ति, एकाग्रता, अन्तरमुखता, सहनशिलता आदी सदगुण आउँछन् । वास्तवमा सदगुण नै हाम्रो यर्थाथ सम्पति हो ।’
कार्यक्रमको शुरुवात ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र की मुख्य संचालिका ब्र.कु. यमुना बहनजीले भगवानलाई तिलक लगाई दिइर गरेकी थिईन  भने अरुण भाईले नेपाली टोपी लगाईदिएर सम्मान गरेका थिए । बिराटनगरबाट आएका ब्र.कु. डा.अजय भाइले भगवना भाईको संक्षिप्त परिचय दिएका थिए । कार्यक्रममा इलाम, फिदिम, ताप्लेजुङ्ग लगायतका सहभागिता रहेको थियो ।
विचारलाई सकारात्मक बनाऔं ः भगवान भाइ

No comments:

Post a Comment